नेपालको दुई दिने भ्रमण सकेर सी आज स्वदेश फर्किने | Khabarhub Khabarhub

नेपालको दुई दिने भ्रमण सकेर सी आज स्वदेश फर्किने


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता हुँदैछन् ।

रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ ।

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार, रेलमार्गको डीपीआर बनाउने, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता हुने जनाइएको छ । सडक र रेलबाहेक अन्य केही आयोजनाका लागि पनि सम्झौता हुने जनाइएको छ ।

भारतको दुई दिने भ्रमण सकेर नेपाल आएका राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेरको रात्रिभोजमा सरिक भएका थिए ।

आज दिउसो १ बजे स्वेदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ०६ बजे

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि