गृहमन्त्रीमाथि खनिएका ओलीले भने- मेरो सम्पत्ति छानबिन गर्न चित्रगुप्त बोलाए हुन्छ  « Khabarhub

गृहमन्त्रीमाथि खनिएका ओलीले भने- मेरो सम्पत्ति छानबिन गर्न चित्रगुप्त बोलाए हुन्छ 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकाले गठन गरेको छानबिन आयोगप्रति कडा आपत्ति जनाएका छन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको छानबिन आयोग पूर्वाग्रही भएको उनले बताए ।  नेकपा एमाले भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नक्कली छानबिन आयोग एमालेलाई मान्य छैन ।’

ओलीले वर्तमान छानबिन आयोगलाई ‘पूर्वाग्रही’ र ‘नक्कली’ भन्दै त्यसलाई अस्वीकार गरे । आयोगका संयोजकले तत्काल राजीनामा दिनुपर्ने माग उनले गरे । ‘पहिला नै केपी ओलीलाई थुन्नुपर्छ भन्ने व्यक्तिको संयोजकत्व बनेको छानबिन आयोग नेकपा एमालेलाई मान्य छैन’, उनले भने ।

ओलीले नेपालको राजनीतिक संघर्ष केवल ख्यालठट्टा नभई तीतो अनुभव भएको बताए । ‘हामीले जेलनेल भोगेका छौँ, कठिनाइ भोगको छौँ, यो हामीलाई नयाँ कुरा होइन, देशको रक्षाका लागि र हितका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ’, उनले भने ।

ओलीले हाल देशमा नयाँ पुस्ता नाममा चलाइएको आन्दोलनले भ्रम फैल्याएर अस्थिरता निम्त्याएको आरोप लगाए। उनले भने, ‘जेन-जी भनेर केही युवालाई भ्रममा पारेर देशमा अस्थिरता मच्चाउनेहरूले वितण्डा मच्चाए ।’

त्यसैगरी उद्योग, पर्यटन र ऐतिहासिक सम्पदामाथि भएको क्षतिको पनि उनले निन्दा गरे । ‘नेपालका उद्योगहरूमा आगो लगाएर ध्वस्त पार्ने, ऐतिहासिक सम्पदा जलाउने, पर्यटन व्यवसाय समाप्त बनाउनेहरूले देश बनाउँदैनन्’, उनले भने ।

अध्यक्ष ओलीले अहिले देखिएको अराजकता र अपराधजन्य गतिविधि देशको साझा हित विपरीत रहेको बताए । ‘अराजकता यस देशमा स्थायी हुन सक्दैन । शान्ति, स्थिरता र कानुनी राज्यको पक्षमा यो देशलाई फर्काइनेछ’, ओलीले भने । 

ओलीले संसद् विगठन असंवैधानिक र गैरकानुनी भएको बताए । यसको उपचार खोजिने उनले स्पष्ट पारे । 

उले सरकार लोकतान्त्रिक मान्यताविहीन भएको बताए । ‘अहिलेको सरकार संविधानसम्मत छैन,’ उनले भने, ‘ यो लोकतान्त्रिक सरका होइन, लोकतान्त्रिक शक्ति र नेपाली जनताले अलोकतान्त्रिक सपना देख्नेहरूको टाउकामा चिसो पानी खन्याउनेछन् ।’

प्रधानमन्त्रीसम्बन्धी संवैधानिक प्रश्न उठाउँदै उनले वर्तमान प्रधानमन्त्रीको स्थितिलाई पनि आलोचना गरे । सरकारले राजनीतिक दललाई दबाउने तरिकाले चुनाव गर्ने जोखिम रहेको बताउँदै ओलीले थपे, ‘राजनीतिक दललाई दमन र बदनाम गरेर, राजनीतिक दलसँग पौठाचोरी गरेर चुनाव हुन्छ ?’

अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति तीव्र चिन्ता व्यक्त गर्दै गृह मन्त्रालयको कार्यशैली र अपराध व्यवस्थापनप्रति प्रश्न उठाए । ‘गृह मन्त्रीले विभिन्न व्यक्तिलाई बोलाएर फलाना–फलाना व्यक्तिविरुद्ध उजुरी ल्याउन भनेका छन्, त्यही अनुसार उनीहरूले उजुरी गरेका छन्, नाटक गरिरहेका छन्- देशको अहित हुने गरी नाटक’, उनले भने ।

सभामा ओलीले आफ्नो सम्पत्तिको छानबिन गर्न आग्रह गरे। यदि कसैलाई सम्पत्ति छानबिन चाहिएको हो भने उनको सम्पत्तिको पनि बहु–पटक छानबिन गर्न माग पनि ओलीले गरे। उनले चुनौती दिँदै भने, ‘मेरो सम्पत्ति छानबिन गरियोस्, एक पटक होइन, दश पटक। यदि चित्रगुप्त छ भने त्यसको वैखाता पनि पल्टाएर हेरियोस्।’

उनले एमाले र लोकतान्त्रिक शक्तिहरूबीचको एकता आवश्यक रहेकोमा पनि जोड दिए । ‘पार्टीमाथि आक्रमण र सङ्कट आइरहेको बेला, सङ्कटको बेलामा विभाजन होइन, एकताको खाँचो पर्दछ,’ उनले भने । 

‌ओलीले एमाले स‌ंविधान र लोकतन्त्रको पक्षमा सदा उभिने बताए । ‘कुनै पनि हालतमा हामी संविधान मासिन, संसद् मासिन दिँदैनौँ’, उनले भने । 

कार्यक्रममा बोल्दै ‌ओलीले आफू जति हेपिए पनि, जति अप्ठेरोमा परे पनि देशलाई हेपिन नदिने बताए । ‘म हेपिन तयार छु, तर मेरो देशलाई हेपिन  दिन्न’, उनले भने ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ०५ बजे

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ