सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू « Khabarhub

सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेलग्रेड– महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिक रूपमा लागू भएको छ । यो कम्पनी देशको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडाइ गर्न अमेरिकाले सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा केही समय ढिलाइ भएको थियो ।

कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्ण रूपमा लागू भएको हो । 

एनआइएसले भनेको छ, ‘हामी यो अवस्थाबाट पार पाउन प्रयासरत छौँ र अमेरिकी अर्थ मन्त्रालयसँग मिलेर प्रतिबन्ध सूचीबाट हट्ने पहल गर्दैछौँ ।’

कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पहरूमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ ।

राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताएका थिए । उनका अनुसार यसको सबैभन्दा पहिले असर बैंकिङ क्षेत्रमा देखिनेछ । उनले भनेका थिए, ‘संसारमा कुनै पनि बैंक अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन ।’

एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पहरूले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्नेछन् । विदेशी भुक्तानी कार्डहरूले ‘काम गर्न बन्द गर्ने’ अपेक्षा गरिएको छ ।

राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयरधनीहरूको सम्भावित विनिवेशबारे पनि वार्ता भइरहेको जानकारी दिए ।

बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ । 

उनका अनुसार वित्तीय संस्थाहरूले एनआइएससँग सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्नेछ, अन्यथा प्रतिबन्धित निकायसँग कारोबार गरेको बैंकको सूचीमा पर्ने जोखिम रहन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ५१ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४