जेन-जी शहीद परिवारको सरकारसमक्ष तीन वटा मन्त्रालयको माग | Khabarhub Khabarhub

जेन-जी शहीद परिवारको सरकारसमक्ष तीन वटा मन्त्रालयको माग


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी शहीद परिवारले सरकार समक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् । 

बिहिबार काठमाडौंमा जेन-जी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताएका हुन् । 

शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन-जी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरे । 

चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे । 

सो जेन-जी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । 

समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ५ : १६ बजे

चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

कलैया– बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म

एक महिनापछि रमेश लेखकले भने- मैले र प्रधानमन्त्रीले बल प्रयोगको आदेश दिएको हैन

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको जेन-जी

सत्ता छँदा जो कोही, आपत पर्दा कोही न कोही

काठमाडौं- मानव सभ्यताका दुई महान् ग्रन्थहरू रामायण र महाभारत केवल

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

गोरखा– यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व

अदानचुलीमा जिप दुर्घटना हुदाँ ११ जना घाइते

अदानचुली– हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा