ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू  « Khabarhub

ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते जेन-जीका देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि बनेको जाँचबुझ आयोग २०८२ ले जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको छ।

आयोगको बिहीबार सिंहदरबारमा बसेको बैठकले मृतक रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडा लगायत चार जनाले दर्ता गरेको जाहेरीबारे छलफल गरी उक्त निर्णय लिएको हो ।

जाहेरीमा प्रदर्शनका क्रममा भएको मृत्यु र क्षतिको विषय मानवता र राज्यविरुद्धको कसुरको रूपमा प्रहरीमा दर्ता भएको उल्लेख छ। 

आयोगका अनुसार त्यो विषय फौजदारी अनुसन्धानको दायरामा पर्ने भएकाले त्यससम्बन्धी अनुसन्धान र कारबाही सरकारका कानूनी संयन्त्रबाटै हुने स्पष्ट गरिएको छ।

आयोगले भनेको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने काम आयोगको कार्यक्षेत्रमा पर्दैन। यस्ता मुद्दामा अनुसन्धानका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट व्यवस्था छ।’

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा हस्ताक्षरित पत्रमा प्रदर्शनका क्रममा भएका भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गरी त्यसका कारण र सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी पाएको बताइएको छ।

प्रवक्ता शर्माले जाहेरीसहितका सबै कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइएको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ३० बजे

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका