दीपक बोहोराले भने : कसैसँग पदको कुरा भएकाे छैन, मिडियामा कथा जोड्न छाडौं | Khabarhub Khabarhub

दीपक बोहोराले भने : कसैसँग पदको कुरा भएकाे छैन, मिडियामा कथा जोड्न छाडौं


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य दीपक बोहोराले पार्टीभित्रका संवाद र मिडियामा आएका रिपोर्टहरूबारे स्पष्ट पार्दै कुनै व्यक्ति वा दलसँग पद वा भूमिकासम्बन्धी छलफल नभएको बताएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “निकै अघिदेखि सीके राउतदेखि गोपी हमाललगायत नयाँ राजनीतिक शक्ति र समूहहरूसँग संवाद भइरहेको छ। बालेन र कुलमानहरूसँग त पार्टी गठन हुनु अगाडिदेखि नै कुरा चल्दै आएको हो। तर कुनै पनि व्यक्ति वा दलसँग पद वा भूमिकाको बारेमा कुरा भएको छैन।”

उनले जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्ति र व्यक्तिहरूसँग संवादका लागि कार्यदल नै गठन गरिएको बताए। बोहोराको भनाइमा, “समाचार बन्ने भए तथ्य यही हो, बाँकी कथा–कहानी जोड्नु नपरोस्।”

पार्टीभित्रका आधिकारिक पदाधिकारी र प्रवक्तालाई जानकारी नदिई मिडियामा हतारमा निष्कर्ष निकाल्ने प्रवृत्तिप्रति उनले असन्तोष जनाएका छन्। बोहोराले लेखेका छन्, “पार्टीमा पदाधिकारी छन्, प्रवक्ता र सहप्रवक्ता छन्। कसैलाई नसोधी मिडिया ट्रायल गर्न मिल्दैन।”

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ०३ बजे

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

देउखुरी– पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् ।

गाजा युद्ध अन्त्यको सहमति पारित

तेल अभिभ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले शुक्रबार बिहान

हिरोलाई नफापेको बडेमानको फुर्को !

काठमाडौं – नायक-नायिकालाई नामको अगाडि विभिन्न ट्याग दिने प्रचलन पुरानै

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

घोडेपानी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’