प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं | Khabarhub Khabarhub

प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका सरकारले पर्याप्त ध्यान नदिएको बताएकी छन् ।

जेनजी आन्दोलनको एक महिनाको अवसरमा जारी गरेको भिडियोमा उनले वर्तमान सरकारले युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। उनले शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्म प्रयास गर्ने बाचा समेत गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनिन्, “युवा पुस्ताले गरेको क्रान्ति हामी सबैले स्वीकार गर्नुपर्छ। देशप्रतिको प्रेम र अपेक्षाका बीच युवामा केही निराशा छ। ती भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरूले युवाको मागलाई सम्बोधन गर्न सकेनन्। यसका लागि हामीले आफ्ना कमजोरी र गल्ती विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।”

युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभइ देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो। त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन। प्रधानमन्त्री कार्कीको यो सम्बोधनले वर्तमान सरकारको युवा प्रति दृष्टिकोण र जवाफदेहिता स्पष्ट रूपमा देखाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ४९ बजे

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

सिरहा– सिरहाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी

फिलिपिन्स – फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ

मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु

मलंगवा– बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक

बजेटको अभावमा नौ वर्षदेखि अलपत्र चिस्यानगृह

पर्वत– मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं– राजस्व संकलन प्रयोजनका लागि शनिबार पनि असोज २५ गते