गाजा युद्ध रोक्ने सहमतिले इजरायली क्याबिनेटमा विवाद, विरोधमा उत्रिए राष्ट्रिय सुरक्षामन्त्री  « Khabarhub

गाजा युद्ध रोक्ने सहमतिले इजरायली क्याबिनेटमा विवाद, विरोधमा उत्रिए राष्ट्रिय सुरक्षामन्त्री 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायली सरकारले गाजामा युद्ध अन्त्य गर्ने दिशामा पहिलो चरणको युद्धविराम सम्झौता अनुमोदन गरेको छ। 

यो सम्झौता लागू भएपछि २४ घण्टाभित्र युद्धविराम हुने भएको छ । उता हमासलाई ७२ घण्टाभित्र थप इजरायली बन्दीहरू मुक्त गर्न समय दिइएको छ।

क्याबिनेटमा फरक मतका बावजुद यो प्रस्ताव पारित भएको हो। प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको सत्तारूढ गठबन्धनभित्रका अतिवादी दक्षिणपन्थी नेताहरू विरोधमा उत्रिए ।

विशेष गरी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–ग्भिरले यस सम्झौताप्रति कडा आपत्ति जनाएका छन्। उनले हमासलाई सत्तामा रहन दिने सरकारमा आफू रहने छैनन् भन्ने चेतावनी दिएका थिए।

यी नेताहरू गाजाबाट सम्पूर्ण प्यालेस्टाइनी जनसङ्ख्या हटाउने, त्यहाँ यहूदी बस्तीहरू विस्तार गर्ने र युद्ध जारी राख्ने पक्षमा थिए। अन्तर्राष्ट्रिय समुदायले यस्तो दृष्टिकोणलाई ‘जातीय सफाया’को रूपमा कडा रूपमा निन्दा गरेको छ।

तर प्रधानमन्त्री नेतन्याहूले भने यो सम्झौताले इजरायलका सबै लक्ष्य पूरा गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ु’यो सम्झौतामा इजरायलले युद्ध सुरु गर्दा निर्धारण गरेका सबै उद्देश्य पूरा भएका छन् ।’

यस सम्झौताको पहिलो चरण दीर्घकालीन शान्ति प्रक्रियामा कसरी मिल्छ भन्ने स्पष्ट नभए पनि हमासले अमेरिकाबाट युद्ध पूर्ण रूपमा अन्त्य भएको ग्यारेन्टी प्राप्त गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध समाप्त भएको घोषणा गर्दै निकट भविष्यमा मध्यपूर्वको आधिकारिक भ्रमण गरी युद्धविराम सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : २४ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले