आज विश्व मानसिक स्वास्थ्य दिवस | Khabarhub Khabarhub

आज विश्व मानसिक स्वास्थ्य दिवस


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । 

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । 

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : २६ बजे

गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात

काठमाडौं–  गोडरेज एप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स) ले ‘ब्रेकिङ

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन

ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै

सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि !

काठमाडौं– विशेषगरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत

शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना

काठमाडौं- नेपाली सेनाले छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका