टेम्केमैयुङमा मायादेवीको लोभलाग्दो अर्ग्यानिक तरकारीखेती « Khabarhub

टेम्केमैयुङमा मायादेवीको लोभलाग्दो अर्ग्यानिक तरकारीखेती


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनकी छन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अर्ग्यानिक तरकारीखेतीमा लागेकी हुन् ।

राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएकी छन्। उनले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अर्ग्यानिक विधिबाट उत्पादन गर्दै आएकी छन्। 

गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गारिक मल प्रयोग गरी पूर्णतया अर्ग्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

‘व्यावसायिक रूपमा अर्ग्यानिक तरकारी उत्पादन गर्दै आएकी छु’, उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घरखर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।’

उनले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भनिन्, ‘कृषि कर्ममा मेहेनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।’

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताइन्। 

‘टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भवाना छ’, उपाध्यक्ष राईले भनिन्, ‘किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।’

वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटीखेती, सुन्तला र कागतीखेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताए। 

‘हाम्रो वडामा तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ’, वडाध्यक्ष राईले भने, ‘नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।’

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । टेम्केमैयुङमा धेरै उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।  

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ५६ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको