गाजामा बन्धक रहेका जीवित २० जना छुट्न सक्ने, विपिन जोशी र तामिर निम्रोडीको अवस्था अझै अज्ञात | Khabarhub Khabarhub

गाजामा बन्धक रहेका जीवित २० जना छुट्न सक्ने, विपिन जोशी र तामिर निम्रोडीको अवस्था अझै अज्ञात


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- गाजामा अझै बन्धक रहेका सबैलाई सोमबारसम्म मुक्त गरिने योजना बनाइएको छ । जसलाई हमास र इजयलबीच भएको पहिलो चरणको युद्धविराम सम्झौताअन्तर्गत कार्यान्वयन गरिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति यसबारे जानकारी दिए।

हमास र त्यसका सहयोगीले इजरायलबाट २५१ जना अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। तीमध्ये अहिले पनि ४७ जना बन्धक गाजामा रहेका छन्, जसमा कम्तीमा २० जना जीवित भएको विश्वास छ। इजरायली सैनिक हदार गोल्डिनको शव भने सन् २०१४ देखि गाजामै राखिएको छ।

इजरायली सरकारले बाँकी ४८ मध्ये २६ जना मृत घोषित गरेको छ। बाँकी दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै निश्चित हुन सकेको छैन। इजरायली सरकारले उनीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो।

जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, जसमा एक जनाबाहेक सबै २० र ३० को उमेर समूहका छन्। महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषलाई अघिल्ला युद्धविराम सम्झौताअनुसार मुक्त गरिसकिएको छ।

एक महिला, इनबार हाइमान, ती २६ मध्ये एक हुन्, जसलाई गाजामै मृत घोषित गरिएको छ।

जीवित रहेको अनुमान गरिएका वा अवस्थाबारे निश्चित नभएका मध्ये ११ जना नोभा म्युजिक फेस्टिभलबाट अपहरण भएका थिए। आठ जना दक्षिण इजरायलका विभिन्न किबुत्ज (सानो सामुदायिक बस्ती) बाट अपहरण गरिएका थिए, जसमा दुई जना विदेशी कामदार पनि थिए। तीनजना इजरायली सैनिक थिए । तिनमा दुई जनालाई सैनिक शिविरबाट र एक जनालाई ट्याङ्कबाट अपहरण गरिएको थियो।

जुम्ल्याहा दाजुभाइ जिभ र गाली बर्मन लाई अक्टोबर ७ को आक्रमणका बेला किफर-अजाको घरबाट अपहरण गरिएको थियो। उनीहरू त्यतिबेला २६ वर्षका थिए। फेब्रुअरीमा सीएनएनसँग कुरा गर्दै आमाले अन्य मुक्त बन्धकले आफूहरूले दुवै दाजुभाइलाई जीवित देखेको र उनीहरूलाई अलग राखिएको बताएका छन्।

धेरै बन्धक आफ्ना परिवार वा साथीसँगै अपहरणमा परेका थिए। केही फर्किएका छन्, तर धेरै अझै गाजामै छन्।

एरियल र डेभिड कुनियो दाजुभाइलाई पनि कि्बुत्ज नीर ओजबाट अपहरण गरिएको थियो। उनीहरूका परिवारका सदस्यमध्ये केहीपछि युद्धविराम सम्झौताअन्तर्गत फर्किए।

एतान हर्न दाजुभाइ इआर हर्नसँग भेट्न गएको बेला दुवैलाई अपहरण गरिएको थियो। इआर यस वर्ष मुक्त भए, तर एतान अझै गाजामै छन्। मार्चमा हमासले प्रचारात्मक भिडियो सार्वजनिक गरेको थियो, जसमा इआरले आफ्ना दाजुसँग बिदाइ लिँदै गरेको देखिन्छ।

मातान जाङाउकर र उनकी प्रेमिका इलाना ग्रिट्जेव्स्की पनि त्यही किबुत्जबाट अपहरणमा परेका थिए। ग्रिट्जेव्स्की, जो मेक्सिकी नागरिक हुन्, नोभेम्बर ३०, २०२३ मा मुक्त भइन्, तर जाङाउकर त्यतिबेला गाजामै रहे।

ओम्री मिरान (४६) लाई नहाल ओजको घरबाट अपहरण गरिएको थियो। अप्रिल २०२४ मा हमासले मिरान र अमेरिकी-इजरायली बन्धक किथ सिगेल (पछिल्लो समय मुक्त) को भिडियो सार्वजनिक गरेको थियो।

संगीत महोत्सवबाट अपहरण

गाइ गिल्बोआ-डालाल र एभियातर डेभिड बाल्यकालका साथी हुन्, जसलाई नोभा म्युजिक फेस्टिभलबाट अपहरण गरिएको थियो। फेब्रुअरी २०२५ मा हमासले उनीहरू अन्य बन्धकलाई मुक्त हुँदै गरेको दृश्य हेर्दै गरेको भिडियो टेलिग्राममा पोस्ट गरेको थियो।

गिल्बोआ-डालालका दाजु गालले सीएनएनसँग भने,’उनीहरूलाई स्वतन्त्रताको झल्को देखाएर फेरि नरकमा फर्काउनु क्रूर मनोवैज्ञानिक यातना हो।’

अविनातन ओरलाई पनि नोभा फेस्टिभलबाट प्रेमिका नोआ आर्गमानीसँगै अपहरण गरिएको थियो। नोआलाई जुन २०२४ मा आईडीएफको उद्धार अभियानले मुक्त गर्यो। उनले आफूहरूलाई अपहरणको क्रममा अलग गरिएको बताएकी थिइन्।

एलोन ओहेल,योसेफ-खाइम ओहाना, एल्काना बोह्बोट, सेगेभ काल्फोन, म्याक्सिम हेरकिन, एतान अब्राहम मोर, बार कुपेर्स्टाइन र रोम ब्रास्लाभ्स्की पनि त्यही उत्सवबाट अपहरणमा परेका थिए।

सैनिकको अवस्था

इजरायली सैनिक निम्रोड कोहेन, मातान आङ्ग्रेष्ट र तामिर निम्रोडी अझै गाजामै छन्।

कोहेन मार्च १ मा सार्वजनिक गरिएको हमासको भिडियोमा देखिएका थिए। आमाले उनको हातको ट्याटूबाट मात्र छोरोलाई चिनिन्।

विदेशी नागरिक

विपिन जोशी, एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। उनको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको छ।

यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ। बन्धक परिवारको फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भिडियोलाई देखेपछि हामीलाई अझ दृढ विश्वास भएको छ कि विपिन जीवित छन्।’

इजरायली अधिकारीले यसअघि उनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।

जोशीबाहेक चार अन्य विदेशी नागरिक अझै गाजामा छन् । जसमा-तीन जना थाइल्यान्डका र एक जना तान्जानियाका हुन्। तीमध्ये तीनजना, सोनथाया ओक्कारास्री, सुदथिसाक रिन्थालक (थाइल्यान्ड), र जोशुआ मोलेल (तान्जानिया), लाई इजरायली सरकारले मृत घोषित गरेको छ। बाँकी एकजना थाइ नागरिक जीवित रहेको विश्वास गरिएको छ।

मृत बन्धक र सम्झौता

मृत घोषित २६ जना बन्धकका शव पनि बुधबार घोषणा गरिएको सम्झौताअनुसार फिर्ता गरिनेछन्। तर, इजरायली अधिकारीको भनाइमा हमासलाई तीमध्ये केही शवबारे थाहा नहुन सक्छ।

च्यानल १२ का अनुसार, सुरक्षा क्याबिनेटमा समीक्षा भइरहेको युद्धविराम र बन्धकमुक्ति सम्झौतामा २० जीवित बन्धक र २८ जनाका शव फिर्ता गरिने उल्लेख छ।

यसले इजरायलले पहिले चिन्ता व्यक्त गरेका तर मृत नठहरिएका दुई बन्धक तामिर निम्रोडी र विपिन जोशीको पनि मृत्यु भएको अनुमान गरिएको छ।

मे महिनामा इजरायलले तीन बन्धकको जीवित अवस्थाबारे प्रश्न उठाएको थियो । जसमा निम्रोडी, जोशी, र थाइ नागरिक पिन्ता नात्तापोङ थिए। नात्तापोङको शव जुन महिनामा गाजाबाट फेला परेको थियो।

बुधबार जोशी परिवारले अक्टोबर ७, २०२३ मा अपहरणपछि तुरुन्तै खिचिएको भिडियो सार्वजनिक गरेको थियो, जुन जीवित रहेको उनको अन्तिम प्रमाणित दृश्य हो।

बन्धक परिवार फोरम र इजरायली सरकारका बन्धकमामिला प्रमुख गाल हिर्शको कार्यालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

च्यानल १२ को रिपोर्टअनुसार, इजरायलले हमासलाई २० जीवित बन्धकको सूची पठाएको थियो, जसलाई हमासले पनि पुष्टि गरिसकेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ३९ बजे

इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले

प्यालेस्टिनी क्षेत्र – इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा