फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी « Khabarhub

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स – फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ क्षेत्रमा भूकम्प गए लगत्तै सुनामीको चेतावनी दिइएको छ। भूकम्पले फिलिपिन्ससँगै इन्डोनेसिया र पलाउ तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो ।

फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा बस्न र डुङ्गालाई सुरक्षित राख्न आग्रह गरेका छन्।

फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दुबाट तीन सय किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको बिबिसीले उल्लेख गरेको छ ।

गत हप्ता फिलिपिन्सको सेबु प्रान्तको बोओगको तटीय सहरमा ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर ७४ जनाको मृत्यु हुँदा पाँच सय बढी घाइते भएका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ३३ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)