सिरहा– सिरहाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो ।
खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
प्रतिक्रिया