राष्ट्रपति पौडेलले राजनीतिक दललाई छलफलका लागि बोलाए « Khabarhub

राष्ट्रपति पौडेलले राजनीतिक दललाई छलफलका लागि बोलाए


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि राजनीतिक दललाई राष्ट्रपति कार्यालयमा बोलाएका छन् ।

पौडेलले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी सबै राजनीतिक दललाई बोलाएका हुन् । छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

एक मन्त्रीका अनुसार बिहीबार राष्ट्रपतिसँग भएको छलफलपछि सबै दललाई निर्वाचनको विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएका हुन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका थिए ।

फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीको अनुरोध अनुसार राष्ट्रपति पौडेलले छलफलका लागि दलहरुलाई बोलाएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार बनेको छ । कार्की नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति पौडेलले विघठित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग दलसँग छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : १६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत