रश्मिका मन्दाना र विजय देवरकोन्डाको इन्गेजमेन्टको पुष्टि, बिहे कहिले ? « Khabarhub

रश्मिका मन्दाना र विजय देवरकोन्डाको इन्गेजमेन्टको पुष्टि, बिहे कहिले ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय फिल्म जगतका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाले अन्ततः आफ्नो सम्बन्धलाई औपचारिक रूप दिन लागेको खबरले सामाजिक सञ्जाल तताएको छ। विजयको नजिकका स्रोतले हिन्दुस्तान टाइम्ससँग उनीहरूको इन्गेजमेन्ट भएको पुष्टि गरे ।

शुक्रबारदेखि नै ट्विटर र इन्स्टाग्राममा यी दुईको इन्गेजमेन्टको चर्चा चुलिएको छ। यद्यपि, रश्मिका र विजयले औपचारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्। तर स्रोतका अनुसार, उनीहरूको विवाह सन् २०२६ को मे महिनामा हुने लगभग पक्का भइसकेको छ।

रश्मिका र विजयको प्रेमकथा पनि निकै फिल्मी छ। उनीहरू पहिलो पटक सन् २०१८ मा सुपरहिट फिल्म गीता गोविन्दम र त्यसपछि सन् २०१९ को डियर कमरेड मा सँगै देखिएका थिए। यतिबेलादेखि नै उनीहरूको नजिकको सम्बन्धबारे चर्चा चल्दै आएको थियो।

यी दुईलाई प्रायः विभिन्न सार्वजनिक कार्यक्रममा र विदेश भ्रमणमा सँगै देखिने गरिएको छ। हालै मात्र अगस्ट महिनामा उनीहरूले न्यूयोर्कमा आयोजित ४३औं इन्डिया डे परेडको नेतृत्व गरेका थिए र ‘भारत बियोन्ड बोर्डर्स’ शीर्षकको कार्यक्रममा पनि संयुक्त रूपमा सहभागी भएका थिए।

फ्यानहरूले सामाजिक सञ्जालमा उनीहरूले एउटै स्थानबाट पोस्ट गरेका छुट्टीका तस्वीरहरू समेत पत्ता लगाएका थिए, जसले उनीहरूको प्रेम सम्बन्धबारेको हल्लालाई अझ पुष्टि गर्‍यो। यद्यपि, दुवैले सम्बन्धबारे कहिल्यै खुलेर बोलेका छैनन्।

करियरतर्फ फर्किँदा, रश्मिका पछिल्लो पटक धनुष र नागार्जुनसँगको फिल्म कुबेरा मा देखिएकी थिइन्। अब उनी म्याडकको हरर-कमेडी ब्रह्माण्डमा आधारित फिल्म ‘थम्मा’ मा मुख्य भूमिकामा देखिनेछिन्।

त्यस्तै, विजय देवरकोन्डा हालै किंगडम फिल्ममा देखिएका थिए, जसमा सत्यदेव र भाग्यश्री बोर्से पनि प्रमुख भूमिकामा थिए। फिल्मलाई गौतम तिन्नानुरीले निर्देशन गरेका थिए, र यो सितारा इन्टरटेनमेन्ट र फच्र्यून फोर सिनेमाको ब्यानरमा नागा वामसी र साई सौजन्यद्वारा निर्मित थियो।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ५२ बजे

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको