काठमाडौं- नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रष्ट पारेको छ ।
महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनयता विभिन्न सञ्चार माध्यमहरूमा महानिरीक्षक खापुङ्गले यस्तै आशयको भनाइ राखेको भन्ने समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको प्रष्ट्याइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रतिक्रिया