प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ? « Khabarhub

प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले वर्तमान अन्तरिम सरकारलाई केपी ओलीले हाहाहुहुबाट बनेको भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको सरकार तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको हुँदा उनले हाहाहुहुबाट बनेको भनेर नमिल्ने बताएका हुन् ।

‘राजनीतिमा न्यूनतम रूपले पनि नैतिक रूपले प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो, केपी ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो’, उनले भने, ‘अब यो सरकार हाहुमा बनेको हो भन्न मिल्छ र ? हामीले बरु मिल्ला अलिअलि, केपी जिले त भन्नै मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिले नियुक्ति गरेको हो, त्यसकारण हामी त्यसको साक्षी भइयो त्यति बेला, हामी साक्षी थियौँ, साक्षी छौँ ।’

अध्यक्ष प्रचण्डले सुशीला कार्की जेन-जीकै भोटिङका आधारमा डक्ट्रिन अफ नेसेसिटीको आधारमा संविधानको धारा ६१/६२ को आधारमा भएको समेत बताए । उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नका लागि राष्ट्रपतिले पहिल्यै नै ओलीलाई भेटेर सिफारिस समेत ल्याएको र आफूहरूलाई देखाएको बताए ।

‘सुशीला जी को नाम जेन-जीको डिस्कर्डबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा अरू पनि थिए बालेनले आफू तयार नभएपछि सुशीलामा नै युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटीको खुब चर्चा गरियो त्यहाँ, डक्ट्रिन अफ नेसेसिटी भयो, राष्ट्रपतिले धारा ६१/६२ मा जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति, त्यो केपी ओली जो सेनाले हेलिकप्टरमा हालेर हेटौँडा वा कता पुर्‍याएको भए पनि उहाँ नै काम चलाऊ प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो, राष्ट्रपति जी ले प्रधानमन्त्रीलाई भेटेर ल्याइसक्नुभएको रहेछ’, उनले भने ।

उनले शुक्रबार केपी ओलीले सरकार असंवैधानिक भएको भनेर मान्दिन भन्दै गरेको टिप्पणीको तुक नभएको समेत बताए । 

‘हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो आक्रामक ढंगले प्रस्तुति दिनु भयो, तर, हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने पत्र उहाँले नै दिनुभाथ्यो त, अनि अहिले यो पनि मान्दिन त्यो पनि मान्दिन भन्नुको तुक हुन्छ र ?’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ४९ बजे

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका