काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको जेन-जी आन्दोलनको क्रममा आफू र तत्कालीन प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले सो बताएका हुन् ।
‘त्यहाँ बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू विषयहरू उठेका छन्’, उनले भने, ‘म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन भनिएको छैन, प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट, भएको छैन यो कुरा म स्पष्ट गर्न चाहन्छु ।’
उनले भदौ २३ र २४ गते दुखदायी घटना भएको र त्यसमा आफू पनि दुःखी भएको बताए ।
प्रतिक्रिया