जुम्लाका किसान बर्खेबाली भित्र्याउन व्यस्त « Khabarhub

जुम्लाका किसान बर्खेबाली भित्र्याउन व्यस्त


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँका किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई छ । दसैँ सकिएसँगै यहाँका किसान खेतबारीमा पाकेको सिमी, कोदो, फापर मकैलगायत रैथाने खाद्य बाली भित्र्याउन व्यस्त छन् ।  रैथाने बालीमध्ये मार्सीधान यहाँको लोकप्रिय खाद्य बाली हो । 

हिमा गाउँपालिकाका किसान माया रोकायाले भनिन्, ‘खेतबारीमा पाकेको बाली भित्र्याउन रातिसम्म काम गर्दै आएका छौँ । मौसम पनि सफा छ । किसानले काटेको घाँस घामले राम्रोसँग सुकेको छ । खेतबारीको सबै काम गरिसकेपछि पशुचौपायालाई चर्नका लागि छोड्छौँ ।’

जिल्लाका आठवटै स्थानीय तहमा मार्सीधानको खेती हुने गरेको छ । हाल जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

यहाँका किसानले हाल चन्दननाथ–१, ३, लेकाली–१ र ३ मा उन्नत जातका मार्सीधानको खेती गर्दै आएका छन् । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका हुन् ।

 मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा मात्रै खेती गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । 
 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १० बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ