सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका « Khabarhub

सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित कार्यसम्पादन समिति सदस्यहरूको बैठकले निर्वाचनमा जाने कुरालाई सकारात्मक रूपमा लिए पनि सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नदेखिएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले जनतामा जाने कुरालाई नकार्न नसक्ने भन्दै सरकार निर्वाचनको राम्रो वातावरण बनाउन गम्भीर नदेखिएको बताए ।

उनले जेन-जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि आयोगले निष्पक्ष काम गर्नुपर्नेमा कांग्रेसका सबै नेताहरूको जोड रहेको उल्लेख गरे ।

महतले बैठकमा पार्टी महाधिवेशनको विषयमा विभिन्न कोणबाट छलफल भइरहेको भन्दै केन्द्रीय समितिको बैठकमा सहमतिका साथ महाधिवेशनको एजेण्डा प्रस्तुत हुने बताए । आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी सभापति देउवा उपस्थित हुने उनले जानकारी दिए ।

प्रवक्ता महतले हालैको बाढी पहिरोका कारण घरबार विहीन भएका नागरिकलाई प्रभावकारी ढंगले राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको र हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै पनि अज्ञात रहेकाले यस बारे आवश्यक कूटनीतिक पहल गर्न समेत माग गरेको बताए । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ४२ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको