सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका « Khabarhub

सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित कार्यसम्पादन समिति सदस्यहरूको बैठकले निर्वाचनमा जाने कुरालाई सकारात्मक रूपमा लिए पनि सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नदेखिएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले जनतामा जाने कुरालाई नकार्न नसक्ने भन्दै सरकार निर्वाचनको राम्रो वातावरण बनाउन गम्भीर नदेखिएको बताए ।

उनले जेन-जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि आयोगले निष्पक्ष काम गर्नुपर्नेमा कांग्रेसका सबै नेताहरूको जोड रहेको उल्लेख गरे ।

महतले बैठकमा पार्टी महाधिवेशनको विषयमा विभिन्न कोणबाट छलफल भइरहेको भन्दै केन्द्रीय समितिको बैठकमा सहमतिका साथ महाधिवेशनको एजेण्डा प्रस्तुत हुने बताए । आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी सभापति देउवा उपस्थित हुने उनले जानकारी दिए ।

प्रवक्ता महतले हालैको बाढी पहिरोका कारण घरबार विहीन भएका नागरिकलाई प्रभावकारी ढंगले राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको र हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै पनि अज्ञात रहेकाले यस बारे आवश्यक कूटनीतिक पहल गर्न समेत माग गरेको बताए । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया