शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना « Khabarhub

शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ आवश्यक पहल गरिरहेको जनाएको छ । शुक्रबार सेनाले अपिल जारी गर्दै भदौ २३ र २४ को घटनापछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी शान्ति सुरक्षा कायम गर्न आवश्यकता पहल गरिरहेको उल्लेख गरेको छ ।

सेनाले विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्‍चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार समेत व्यक्त गरेको छ ।

‘‘गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिका प्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’’ सेनाले भनेको छ, ‘‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ ।’’

सेनाले पछिल्लो संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ । सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको पनि जनाएको छ ।

सोही कारण सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न पनि सेनाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ०९ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र