रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने « Khabarhub

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टीका नेता गणेश पराजुलीका अनुसार सम्पूर्ण शक्ति निर्वाचनमा खर्चिनुपर्ने भएकाले आज बसेको सचिवालय बैठकबाट एक किसिमले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने सहमति जुटेको छ ।

पराजुलीका अनुसार यो विषय आगामी कार्तिकमा बस्ने केन्द्रीय कमिटी बैठकबाट पारित हुने छ ।

‘एउटा लोकतान्त्रिक दलका लागि निर्वाचन अपरिहार्य विषय हो । हामीले फागुनमा नै महाधिवेशन गर्ने मिति तोकेका थियौँ तर निर्वाचनको मिति घोषणा भएपछि हामी सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्नुपर्ने भएकाले अहिले चुनावअगाडि अधिवेशन गर्न सम्भव भएन ।’ पराजुलीले खबरहबसँग भने, ‘आज बसेको सचिवालय बैठकमा सबै साथीहरुले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्छ भनेर सहमति जनाउनु भएकोछ ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : २८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु