रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने « Khabarhub

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टीका नेता गणेश पराजुलीका अनुसार सम्पूर्ण शक्ति निर्वाचनमा खर्चिनुपर्ने भएकाले आज बसेको सचिवालय बैठकबाट एक किसिमले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने सहमति जुटेको छ ।

पराजुलीका अनुसार यो विषय आगामी कार्तिकमा बस्ने केन्द्रीय कमिटी बैठकबाट पारित हुने छ ।

‘एउटा लोकतान्त्रिक दलका लागि निर्वाचन अपरिहार्य विषय हो । हामीले फागुनमा नै महाधिवेशन गर्ने मिति तोकेका थियौँ तर निर्वाचनको मिति घोषणा भएपछि हामी सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्नुपर्ने भएकाले अहिले चुनावअगाडि अधिवेशन गर्न सम्भव भएन ।’ पराजुलीले खबरहबसँग भने, ‘आज बसेको सचिवालय बैठकमा सबै साथीहरुले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्छ भनेर सहमति जनाउनु भएकोछ ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : २८ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक