जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश « Khabarhub

जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यहरू देवबहादुर दुरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दुवै नेताहरूलाई आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे ।

नेतृत्व तहका यी दुई व्यक्तित्वको आगमनलाई माओवादी केन्द्रले जेनजी आन्दोलन पछि माओवादी केन्द्रप्रति जनताको भरोसा थप बढेको, आगामी निर्वाचन र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै नेताहरूलाई पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरे ।

दूरा र लामाले पनि माओवादी आन्दोलन र संकटको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : २१ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक