जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश « Khabarhub

जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यहरू देवबहादुर दुरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दुवै नेताहरूलाई आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे ।

नेतृत्व तहका यी दुई व्यक्तित्वको आगमनलाई माओवादी केन्द्रले जेनजी आन्दोलन पछि माओवादी केन्द्रप्रति जनताको भरोसा थप बढेको, आगामी निर्वाचन र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै नेताहरूलाई पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरे ।

दूरा र लामाले पनि माओवादी आन्दोलन र संकटको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै