जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ « Khabarhub

जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाले जिल्लामा नुनको अभाव नभएको जनाएको छ । जिल्लास्थित डिपोमा अहिले करिब ६ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्विन्टल नुनको कोटा रहेको छ ।

उनले भने, ‘जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेको छ । दशैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरण हुने गरेको छ । वडाको मागबमोजिम नुन वितरण भइराखेको छ ।’

बितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हाराहारीमा कोटा हुने गरेको थियो । नुन उपभोक्तालाई पुर्‍याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपभोक्तालाई सहजरूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए ।

सदरमुकामसहित तीनवटै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ । (रासस)

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ६ : ५० बजे

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर

पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४