कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेण्डा टुङ्गो लगाउने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेण्डा टुङ्गो लगाउने


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने छ । 

गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस गरेका छन् ।

नेताहरूले पदाधिकारी बैठकमा आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा घाइते भएर आराम गरिरहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । केन्द्रीय समिति बैठकमा भने उपस्थित हुने बुझिएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ०६ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को