आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर | Khabarhub Khabarhub

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम पुनः सुरु गर्ने भएको छ ।

अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।

चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही एवं नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवाप्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताए ।

जेनजीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ४० बजे

जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

काठमाडौं– इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक स्थगन भएको छ

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

सियोल- उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम- भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा