कांग्रेस नेतृको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

कांग्रेस नेतृको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ राधादेवी कर्णको निधन भएको छ । कांग्रेस पूर्वमहामत्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी अन्दोलनमा सहभागी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।

कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १२ : ३२ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल