जेनजी सहिदको स्मृतिमा झापामा म्याराथन « Khabarhub

जेनजी सहिदको स्मृतिमा झापामा म्याराथन


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा- जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा युथ फर सोसाइटीले आज झापामा आयोजना गरेको ‘मेचीनगर रन २०८२’ मा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम भएकी छन् । प्रतियोगितामा पुरुषतर्फ दोस्रो विर्तामोडका १६ वर्षीय शिव कार्की र तेस्रो दमकका मिङसेन लिम्बू भएका छन् ।

साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर नगरपालिकाको वडा नं १५ ज्यामिरगढीबाट सुरु भएको दौड धुलाबारीमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा झापाका विभिन्न स्थानबाट आएका १६४ जना युवा धावकहरु सहभागी रहेको आयोजक युथ फर सोसाइटीका सदस्य जयराम दाहालले बताए । जसमा १५६ जना पुरुष र १८ जना महिला सहभागी रहेका थिए । सोसाइटीले जेनजी आन्दोलनमा झापाबाट सहिद भएका दिनेश राजवंशी र गोपाल सेढाइको परिवारलाई रु ५० हजारका दरले सहयोग उपलब्ध गराउने जनाएको छ ।

दौड प्रतियोगिताको समापन कार्यक्रममा सहिद दिनेश राजवंशीकी आमा सपना राजवंशीलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिएको थियो । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा झापाबाट शहादत प्राप्त गर्नेका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सोही कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ०७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका