टासी ल्हाजोमलाई मन्त्री बनाइनुअघि नागरिकता छानबिन होस् : जेनजी कर्णाली « Khabarhub

टासी ल्हाजोमलाई मन्त्री बनाइनुअघि नागरिकता छानबिन होस् : जेनजी कर्णाली


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेनजी कर्णालीले सञ्चार माध्यमहरूमा प्रकाशित मन्त्रिपरिषद् विस्तारसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही मिडियामा कर्णाली प्रदेशको प्रतिनिधित्वका रूपमा टासी ल्हाजोमलाई अन्तरिम मन्त्रिपरिषद्को सदस्य बनाइने खबर सार्वजनिक भएपछि समूहले विज्ञप्ति जारी गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “टासी ल्हाजोम नेपाली नागरिक हुन् वा होइनन् भन्ने विषयमा सम्बन्धित निकायले तुरुन्त छानबिन गर्नुपर्छ ।” जेनजी कर्णालीले टासी ल्हाजोम ‘फ्री तिब्बत’ अभियानसँग जोडिएको भन्ने अपुष्ट खबरहरू आएको दाबी गर्दै त्यसले नेपाल–चीन सम्बन्धमा संवेदनशीलता निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा ल्हाजोमको कर्णालीसँगको सम्बन्ध, स्थानीय मुद्दामा योगदान र दक्षताबारे पनि पारदर्शी विवरण आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, प्रधानमन्त्री र सल्लाहकार सुमना श्रेष्ठसँग उनको सम्भावित व्यक्तिगत वा व्यावसायिक निकटता बारे सार्वजनिक रूपमा स्पष्टीकरण दिन माग गरिएको छ ।

समूहले ल्हाजोमका विदेशी संस्था वा अन्तर्राष्ट्रिय निकायहरूसँगका सम्भावित अस्वाभाविक सम्बन्धबारे पनि छानबिन गर्न आग्रह गरेको छ ।

जेन–जी कर्णालीका संयोजक सुप्रिया शाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “कर्णाली प्रदेशको प्रतिनिधित्वका विषयमा हाम्रो समूहसँग कुनै छलफल वा सहमति बिना गरिएको नियुक्ति स्वीकार्य छैन ।”

समूहले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमाथि सरकारले गरेको दमनको निन्दा गर्दै त्यस दिनलाई “नेपालले भुल्न नहुने कालो दिन” भनेर उल्लेख गरेको छ । उनीहरूले आन्दोलनका घाइतेहरूलाई उचित उपचार, पुनर्स्थापना र न्यायको अपेक्षा अझै अधुरो रहेको बताएका छन् ।

विज्ञप्तिमा अन्त्यमा भनिएको छ, “सरकारले स्वतन्त्र र पारदर्शी छानबिन तुरुन्त सुरु गरी पीडित र जनभावनालाई ध्यानमा राख्दै निर्णय गर्नुपर्छ, अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्नेछ ।”

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ४ : ४९ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु