ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनालाई मूर्ख नसोच्नुस् « Khabarhub

ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनालाई मूर्ख नसोच्नुस्


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूतपूर्व सैनिकहरूले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेन-जी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् । 

सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए । नेपाली सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उनको भनाइ छ । 

केपी ओली, प्रचण्ड लगायतलाई सेनाकोविरुद्धमा बोल्नु अगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न उनले सुझाव दिए । 

अवकाशप्राप्त सेनानी वासुदेव अधिकारीले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताए । राष्ट्रलाई असर पर्ने गरी नलेखिदिन र नबोलिदिनसमेत सबैसमक्ष उनले आग्रह गरे । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ११ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको