कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको हो ।

प्रवक्ता महतले केन्द्रीय समिति बैठक अघि औपचारिक र अनौपचारिक बैठक बसेर महाधिवेशनका विषयमा साझा धारणा बनाउने र केन्द्रीय समितिमा एजेन्डा प्रस्तुत हुने बताए । छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सबैको मत भए पनि व्यवहारिक मितिका विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।  

त्यस्तै प्रवक्ता महतले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गरे । उनले सरकारले निर्वाचनको तयारीका विषयमा सरकारले गम्भीरताका साथ काम नगरेको अनुभव रहेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ६ : ५१ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को