यूएईलाई नेपालले दियो १४१ रनको चुनौती « Khabarhub

यूएईलाई नेपालले दियो १४१ रनको चुनौती


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौँ अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे ।

उता कप्तान रोहितकुमार पौडेल २०, गुलशनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अरू चल्न सकेनन्।

उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले व्यक्तिगत १/१ विकेट झारे ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ५८ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा