परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन | Khabarhub Khabarhub

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२३ अक्टोबर ७ तारिखदेखि गाजास्थित विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे अझै प्रष्ट खुल्न नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमासले बन्धकमध्ये सातजनालाई पहिलो चरणमा रिहा गरिसकेको अवस्थामा नेपाली २४ वर्षीय युवक विपिनको मृत्यु भएको समाचार आइरहेका बेला परराष्ट्रले यसो भनेको हो ।

‘इजरायलस्थित नेपाली राजदूत त्यहाँको सरकार र सेनासँग नियमित सम्पर्कमै हुनु हुन्छ’, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सहसचिव लोकबहादुर चौहान क्षत्रीले खबरहबसँग भने, ‘अहिलेसम्म इजरायल सरकारले विपिन जीवित रहेको या मृत्यु भइसकेको केही खुलाएको छैन ।’

उनका अनुसार इजरायलस्थित राजदूत धनप्रसाद पण्डितलाई त्यहाँको सेनाका एक अधिकारीले विपिनको अवस्था जीवित या मृत प्रष्ट नखुलेको खबर दिएका थिए ।

‘तर हमासले रिहा गर्ने २० जना जीवितको सूचीमा विपिनको नाम नभएकाले केही संशय भने पैदा भएको छ’, उनले भने, ‘अहिले हामी इजरायली सरकारको औपचारिक सूचनाको प्रतिक्षामा छौँ । त्यहाँको सरकारले औपचारिक जानकारी नदिई यति गम्भीर विषयमा निर्णय गर्नु हतार हुन्छ ।’

यदि विपिनको मृत्यु नै भइसकेको भए पनि इजरायल सरकारको आधिकारिक सूचना कुरिरहेको उनले बताए ।

यसअघि इसरायली डिफेन्स फोर्स (आईडीएफका) एक अधिकारी नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएको समाचार भाइरल भएको थियो । आईडीएफले विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई यो जानकारी दिएको बताइए पनि विपिनका बुवाले नै यसलाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २४ बजे

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई अदालत लगियो

काठमाडौं– भेपमा सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका

नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम

काठमाडौं– नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत

इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने

तेलअभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार इजिप्टमा हुने शिखर सम्मेलनमा

स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण

नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार

स्टकहोम- नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण