बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना  | Khabarhub Khabarhub

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना 


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बेल्जियम– बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार,नेपाल सम्वत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो । 

विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कविता सिंखडा दाहालले जानकारी दिइन् । यस्तै नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष रमेश दाहाल र कासी दनै तथा संस्थाको विकासमा सहयोग गर्दै आएका गणेश अधिकारी, दामु अधिकारी, ललितकुमार पोखरेल, चित्र सुवेदी, गणेश गैह्रे, युद्धबहादुर थापालगायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुशीला खतिवडा, पूर्वअध्यक्ष दीपक न्यौपानेसहित उपस्थित थिए । संस्थाका सल्लाहकार चित्र सुवेदीले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएका थिए । 

कार्यक्रममा जेन-जी आन्दोलन र हालै नेपालमा गएको बाढीपिहरोमा परी ज्यान गुमाएकाहरूको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने सामूहिक कामना गरिएको थियो । 

अध्यक्ष कान्ति अधिकारी,पूर्वअध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष खतिवडा र सल्लाहकार सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । 

एन्त्रोपमा सामाजिक क्रियाकलापमा सक्रिय उक्त संस्थाले नेपालीहरुबीच भाइचारा सम्बन्ध विकास, संस्कृति प्रवर्द्धनका साथै नेपालमा दैवीप्रकोप उद्धार,ज्येष्ठ नागरिक, घरबारविहीन तथा क्यान्सरपीडित नेपालीहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २० बजे

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई अदालत लगियो

काठमाडौं– भेपमा सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका

नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम

काठमाडौं– नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत

इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने

तेलअभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार इजिप्टमा हुने शिखर सम्मेलनमा

स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण

नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार

स्टकहोम- नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण