डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक « Khabarhub

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी–  जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झण्डै डेढ महिनादेखि प्रभावित भएको छ । 

पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसयता दुईपटकसम्म बैठक डाकिएकामा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन । 

भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेन-जी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । ‘जेन-जी’ आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण अनश्चितकालसम्मका लागि स्थगित गरिएको बैठक गत बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने तय भएको थियो । 

उक्त दिन पनि प्रदेशसभा बैठक सञ्चालन हुन सकेन । अन्तिम समयमा आएर विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित भएको सूचना निकाल्यो । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । सभामुख कृष्णप्रसाद धितालले प्राविधिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताए । 

‘नयाँ ठाउँमा बैठक बस्नुपर्ने भएकाले व्यवस्थापकीय र प्राविधिक तयारी पनि सोही अनुसार गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘अब तिहारपछि नै बैठक बस्छ, त्यतिञ्जेलसम्म तयारी पनि पुग्छ ।’

गत बुधबार बोलाइएको बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफावार छलफल गरी र पारित गर्ने सम्भावित कार्यसूची तयारी थियो । प्रदेशसभा बैठक प्रभावित हुँदा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ । 

पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

‘जेन-जी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।

 प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २५ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक