जेन-जी आन्दोलनबारे न्यूयोर्क टाइम्स : ‘राष्ट्रव्यापी, सुनियोजित, विध्वंशकारी’ आक्रमण « Khabarhub

जेन-जी आन्दोलनबारे न्यूयोर्क टाइम्स : ‘राष्ट्रव्यापी, सुनियोजित, विध्वंशकारी’ आक्रमण


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिष्ठित न्यूयोर्क टाइम्स अखबारले भदौ २४ का दिन देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । आइतबार एक खोजमूलक सामग्री प्रकाशित गर्दै टाइम्सले देशभर भएका आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो ।

अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आम बुझाइ छ । यद्यपि आफ्नो अनुसन्धानमा यस बुझाइमा आशङ्का गर्ने ठाउँ रहेको टाइम्सले उल्लेख गरेको छ ।

अखबारले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगलगीविदसँगको कुराकानी, घटनाका भिडियो र तस्बिरको विश्लेषण तथा घटनास्थलमा टाइम्सका प्रतिनिधिको भ्रमणपछि उक्त सामग्री प्रकाशित गरेको हो । समाचारमा यस्तो ‘राष्ट्रव्यापी सुनियोजित विध्वंशकारी आक्रमण’ बारे नयाँ विवरणको खुलासा हुने र ती घटना स्वस्फूर्त भएकोमा आशङ्का उत्पन्न हुने उल्लेख गरिएको छ ।

भदौ २३ गते प्रदर्शनमा गोली चलेको केही घण्टालगत्तै ‘प्रयोग गर्न तयार सूची’ अनलाइनमा सार्वजनिक हुन थालेको थियो । ती सूचीमा भ्रष्टाचार र नातावादको सञ्जालमा आबद्ध रहेको ठानिएका समाजका सदस्यको निजी विवरण समावेश थिए ।

भोलिपल्टको दिउँसो ती मानिसको आवासमा आगो लाग्न थालिसकेको थियो । नेपालको कार्यकारी, व्यवस्थापिका र न्यायपालिका शाखालाई पनि आगोले निलिसकेको थियो । न्यूयोर्क टाइम्सले यसलाई केही घण्टाको अवधिमा सयौँ हवाइ आक्रमणसँग तुलना गरेको छ ।

‘संगठनात्मक क्षमताबिना तपाईँले छोटो समयमा यति धेरै भवनमा आगो लगाउन सक्नुहुन्न ।’ एण्ड्रियू मूर एण्ड एशोसिएट्सका वरिष्ठ आगजनी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भनेका छन् , ‘यसका लागि हप्तौँ वा महिनाको योजना चाहिन्छ ।’

नेपाल प्रहरीको फोरेन्सिक प्रयोगशालाका प्रमुख पवन ढुङ्गाना अघिल्लो महिना भएको आगजनीको अनुसन्धान गर्न उनका टिमका कसैलाई पनि डाकिएको छैन । उनको प्रयोगशालामा परीक्षणका लागि हालसम्म कुनै पनि नमूना ल्याइएको छैन । उनका आगोका भग्नावशेष अब अप्रासङ्गीक भइसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ३० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात