मालपोत कार्यालयमा जेलेका श्रेष्ता कायम गर्न थालियो « Khabarhub

मालपोत कार्यालयमा जेलेका श्रेष्ता कायम गर्न थालियो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दाङ– जेन-जी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेष्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ । मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेष्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो ।

मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको सकल जग्गाधनी प्रमाण  पुर्जा र प्रतिलिपि, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद र प्रतिलिपि तथा जग्गा रोक्का भएमा राख्ने निकायको सहमति ल्याउनुपर्ने छ ।

जग्गाधनीसँग भएको सकल जग्गाधनी पुर्जा र एलआरएमआईसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको श्रेष्ताको प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेष्ता कायम गरिने सूचना अधिकारी गौतमले बताए। 

उनका अनुसार यदी त्यसमा फरक पर्न गएमा डिएमएसमा भएको अभिलेखसँग रुजु गर्ने र एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेष्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेष्ता कायम गर्ने तथा यी दुबैमा नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेष्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेष्ता कायम गर्ने गरी सूचना जारी गरिएको छ ।

यी कुनै पनि कार्यले श्रेष्ता कायम हुन नसकेमा मुद्दा फाँटबाट हुने काम कारबाही कार्यालयको भौतिक संरचना व्यवस्थापन भएमा मात्रै काम हुने सूचना अधिकारी गौतमले बताए। 

घोराही र तुलसीपुरमा रहेका मालपोत कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका थिए । दुवै भवनमा आगजनीबाट क्षति हुँदा अहिले ती कार्यालयले जलेका भवनका केही कोठामा बसेर सेवा प्रवाह थालेका छन् ।

तुलसीपुर मालपोत कार्यालयमा ४० हजार भन्दा बढी व्यक्तिका श्रेस्ता जलेर नष्ट भएका सूचना अधिकारी गौतमले जानकारी दिए । 
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : २९ बजे

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग

दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक