पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो « Khabarhub

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो । 

वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए ।

जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो । 

पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । 

हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ ।

हाल पर्साको १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो  अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए। 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ०६ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको