आधुनिक उपकरण भित्रिएसँगै हराउँदै धान कुट्ने ओखल « Khabarhub

आधुनिक उपकरण भित्रिएसँगै हराउँदै धान कुट्ने ओखल


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ । यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन् । 

तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका स्थानीयवासी राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र हैन जाँतो पनि गाउँघरमा वीरलै पाइने गरेको बताइन्। यहाँको नुवाकोट गाउँमा नौ गाउँका स्थानीयको धान कुट्ने ओखल छ, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन् ।   

उनले भनिन्, ‘आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । हाल मिलमै कुटानीपिसानी हुने गरेको छ । समयको बचत हुने भएकाले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो ।’

पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो । ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तीला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए। 

उनले भनिन्, ‘पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ । अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ । आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सीप, प्रविधि र ज्ञान भने संकटमा छन् । तिनको संरक्षण गर्न पालिका लागिपरेको छ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : ५९ बजे

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका