जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती « Khabarhub

जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरिएको बताए ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्न बजेट कटौती गरिएको मन्त्री भण्डारीले बताए ।

कोशी प्रदेश सरकारले बजेटलाई पुनर्निर्माणमा लगाउने तयारी तीव्ररूपमा अघि सारेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाएको छ। त्यस्तै विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्नेगरी रकमान्तरलाई खुला गर्ने भएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : २१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा