यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका २० समझदारी (सूचीसहित) « Khabarhub

यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका २० समझदारी (सूचीसहित)


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच २० वटा विभिन्न विषयमा सझदारी भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच भएका समझदारी यस्ता छन्

१– सीमा व्यवस्थापन प्रणालीका सम्बन्धमा सम्झौता

२– सुशासनको क्षमता अभिबृद्धिका सन्दर्भमा एमओयू

३– अपराधिक मामिलामा कानूनी सहायता (सहकार्य)को सन्धि

४– सगरमाथा संरक्षणका लागि सहकार्य गर्ने सन्दर्भमा एमओयू

५– लगानी तथा सहकार्यसँग सम्बन्धित प्रमुख परियोजनाहरुको प्रवर्द्धनका लागि नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सम्झौता

६– चीनको छेन्दु प्रान्तमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने सन्दर्भमा सम्झौता

७– नेपाल–चीन सीमापार रेल्वे परियोजनाको संभाव्यता अध्ययनका सन्दर्भमा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्झौता

८– काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा सम्झौता

९– बुटवल उपमहानगरपालिका र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा सम्झौता

१०– परम्परागत औषधी (आयुर्वेद चिकित्सा)का सन्दर्भमा सहकार्य गर्ने सम्बन्धमा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिकित्सा व्यवस्थापन विभागबीच सम्झौता

११– विपद् जोखिम न्यूनिकरण र आकस्मिक उद्दारका विषयमा नेपालको गृह मन्त्रालय र चीनको आपतकाल व्यवस्थापन मन्त्रालयबीच एमओयू

१२– चीनको सर्वोच्च अभियोजनकर्ताको कार्यालय र नेपालको महान्यायाधीवक्ताको कार्यालयबीच सहकार्य गर्ने सम्बन्धमा एमओयू

१३– नेपालको त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूशियस इन्स्टिच्यूटको शाखा स्थापना गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूशियस इन्स्टिच्यूटको मुख्यालयबीच सम्झौता

१४– सिट्रस फ्रूट (सुन्तला कागती लगायतका फलफूल) निर्यातसम्बन्धी प्रटोकलमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता

१५– संयुक्त व्यापार कार्य समूह गठनका सन्दर्भमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१६– भूकम्पपछिको पुनःनिर्माणका सन्दर्भमा चाइना–एडको मनिटरिङ नेटवर्क प्रोजेक्ट आदान–प्रदान

१७– लगानी सहयोग कार्य समूह स्थापना गर्ने सम्बन्धमा नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१८– नेपालको अर्थ मन्त्रालय र चाइना इन्टरनेशनल डेभेलपमेन्ट को-अपरेशन एजेन्शीबीच शुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा एमओयू

१९– सीमा सुरक्षा तथा कार्यालय सञ्चालन उपरणसँग सम्बन्धित पत्र आदालन–प्रदान

२०– खानेपानी वितरण प्रक्रिया सुधार गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकामा चाइना–एडको परियोजनाको संभाव्यता अध्ययन गर्ने निर्णय

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ४८ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक