विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान « Khabarhub

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा परेका विपिन जोशी अब हामीबीच नरहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन् २०२३ मा विपिन इजरायल जाँदै गर्दाको तस्बिर सार्वजनिक गर्दै दुई वर्षदेखिको आशा समाप्त भएको उल्लेख गरेका छन् ।

विपिन इजरायल जानुअघि नेपालमै भेट्ने अवसर पाएको जनाउँदै उनले उनी एक ऊर्जावान, आकर्षक र क्षमतावान विद्यार्थी भएको स्मरण गरेका छन् ।

उनले विपिनले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे भन्ने उल्लेख गरेका छन् ।

पूर्व राजदूत हानानले विपिनको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सँधै सम्झिरहने बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ९ : ४२ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका