पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै | Khabarhub Khabarhub

सुन तस्करी प्रकरण

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।

भेपमार्फत सुन तस्करीको कसूरमा महराविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

उनीविरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

महराविरुद्ध २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको अभियोग छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ०८ बजे

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्