भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो ।

एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।

आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । मेला ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ०४ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी