एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने « Khabarhub

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने भएको छ । 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लबको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।

एन्फा महासचिव किरण राईले होम एन्ड अवेमा खेल खेल्नका लागि क्लबहरुले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णयमा पुगिएको जानकारी दिए । 

लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडी क्लवहरुसंग छलफल गर्ने उनले बताए । महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे । ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाइ छ । 

यसअघि ए डिभिजनका क्लबहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको जनाएका थिए । लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढनुपर्ने माग क्लबहरुले राखेपछि होम एन्ड अवे प्रणालीबाट एन्फा पछि हटेको हो । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ०१ बजे

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन