एमालेको दसौँ केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरू (तस्बिरहरू) « Khabarhub

एमालेको दसौँ केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरू (तस्बिरहरू)


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू भएको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको मिति तय गर्नेछ।

यसअघि असोज १२ गते बसेको सचिवालयको बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति तोकेको छैन ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे धारणा राख्नेछन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३८ बजे

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको