अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक युवकको हत्या « Khabarhub

अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक युवकको हत्या


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

रौतहटको सीमावर्ती क्षेत्र ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकको सनाखत भएको छैन ।

भारतीय सिमापारीबाट मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीयले जनाएका छन् । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगिएको छ । गोली प्रहार गर्ने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ३६ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश