भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले | Khabarhub Khabarhub

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबार जानकारी दिएका छन् ।

खरेलले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय बताएका छन् । तर सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भने फिर्ता बोलाएको छैन ।

सरकारले फिर्ता बोलाएकामध्ये जापानस्थित दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका कर्मचारी हन् । उनलाई ओली सरकारमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत बनाएर पठाएकी थिइन् । अरू सबै राजदूत परराष्ट्र सेवाबाहिरका छन् ।

ती सबै देशका राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र देशमा फर्किसक्न निर्देशन दिइएको खरेलले बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ५९ बजे

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौं – ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

आज २०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम