भारी वर्षासँगै काठमाडौं उपत्यकाभित्रै हिमपात « Khabarhub

भारी वर्षासँगै काठमाडौं उपत्यकाभित्रै हिमपात


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (बिहीबार) बिहानै देखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमपात पनि परेको छ । हिजो (बुधबार) पनि उपत्यकासहित देशभरका विभिन्न ठाउँमा वर्षा हुनुका साथै केही ठाउँमा असिना परेको थियो भने मनाङ, मुस्ताङमा हिमपात नै परेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

विगत वर्षहरुमा भन्दा यो वर्ष हिउँदमा तुलनात्मक रुपमा बढी पानी परिरहेको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुका कारण देशभर बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आइतबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।

प्रसान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्ष भएको मौसमविद् मणिरत्न शाक्यले बताए । जाडो मौसममा पश्चिमी वायु चल्दा समुन्द्रवरिपरि औसतभन्दा कम तातो भएर जलवाष्पलाई ठेल्दै इरान, पाकिस्तान, जम्मु कास्मिरहुँदै नेपाल प्रवेश गर्ने पनि उनले बताए ।

त्यस्तै पसान्त सागरमा इल निनो चक्र चल्दा भने नेपालमा कम पानी पर्ने शाक्यले जानकारी दिए।

१२ वर्षपछि उपत्यकामा हिमपात

काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताए । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । १२ वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : १३ बजे

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं

कांग्रेस सांसद साहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट

काठमाडौं– सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई

दाङमा सडक दुर्घटनाको कहर : एक वर्षमा ७२ जनाको मृत्यु

दाङ– गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको