रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु « Khabarhub

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट

27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताएका छन् । उनले विस्फोटको कारण पत्ता नलागेको तथा विशेषज्ञहरूद्वारा अनुसन्धान भइरहेको बताएका छन् ।  
 
बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकमा अवस्थित उक्त कारखानाले युक्रेनमा रूसी युद्धका लागि हतियार र गोलबारुद उत्पादन गर्ने गरेको रूसी सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनी ड्रोनले एक महिना अघि एउटा प्रमुख तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर सोही क्षेत्रमा आक्रमण गरेको थियो ।

बस्कोर्तोस्तानका गभर्नर खाबिरोभले टेलिग्राम मार्फत रासायनिक कारखानामा भएको  हिंसात्मक विस्फोटले एउटा भवन ध्वस्त पार्नुका साथै तीन महिलाको मृत्यु भएको बताएका हुन् ।  

उनले बिस्पोटका कारण घाईते भएका अन्य पाँच जनालाई  अस्पतालमा भर्ना गरिएको  जस मध्ये दुई जनाको अवस्था गम्भीर भएको बताएका छन् ।  

कारखानाले रूसका लागि आवश्यक ‘विस्फोटक सामग्रीहरू उत्पादन र वितरण गर्ने गरेको खबिरोभले पुष्टि गरेका छन् ।  

सेप्टेम्बर–१८ मा युक्रेनी ड्रोनहरूले राज्य नियन्त्रित विशाल ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा किभ प्रति–आक्रमणको एक भागको रूपमा सेनाको कोषका लागि प्रयोग गरिएको रूसी ऊर्जालाई लक्षित गरेको जनाइएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : २५ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा