रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु « Khabarhub

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट

27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताएका छन् । उनले विस्फोटको कारण पत्ता नलागेको तथा विशेषज्ञहरूद्वारा अनुसन्धान भइरहेको बताएका छन् ।  
 
बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकमा अवस्थित उक्त कारखानाले युक्रेनमा रूसी युद्धका लागि हतियार र गोलबारुद उत्पादन गर्ने गरेको रूसी सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनी ड्रोनले एक महिना अघि एउटा प्रमुख तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर सोही क्षेत्रमा आक्रमण गरेको थियो ।

बस्कोर्तोस्तानका गभर्नर खाबिरोभले टेलिग्राम मार्फत रासायनिक कारखानामा भएको  हिंसात्मक विस्फोटले एउटा भवन ध्वस्त पार्नुका साथै तीन महिलाको मृत्यु भएको बताएका हुन् ।  

उनले बिस्पोटका कारण घाईते भएका अन्य पाँच जनालाई  अस्पतालमा भर्ना गरिएको  जस मध्ये दुई जनाको अवस्था गम्भीर भएको बताएका छन् ।  

कारखानाले रूसका लागि आवश्यक ‘विस्फोटक सामग्रीहरू उत्पादन र वितरण गर्ने गरेको खबिरोभले पुष्टि गरेका छन् ।  

सेप्टेम्बर–१८ मा युक्रेनी ड्रोनहरूले राज्य नियन्त्रित विशाल ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा किभ प्रति–आक्रमणको एक भागको रूपमा सेनाको कोषका लागि प्रयोग गरिएको रूसी ऊर्जालाई लक्षित गरेको जनाइएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : २५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन